सस्तियाे काठमाडौंका कोठा भाडा , गाउँ फर्कनेको संख्यामा बृद्धि
काठमाडौं । कोरोनाको कारणले व्यापार नभएको र भाडामा बस्नेहरुको पनि काम नभएकाले कोठा र सटर छाड्न थालेका छन् । लकडाउनको कारणले काठमाडौंमा भोकै हुने हो कि भन्ने डारले गाउँ फर्कनेको संख्या बढेको छ ।
रोजगारीमा समस्या भएपछि काठमाडौंमा बस्नेहरु आ-आफ्नै घर फर्किन थालेपछि घरभाडा पनि सस्तो हुन थालेको छ ।
कोठाहरु १/२ महिनासम्म खाली हुन थालेपछि घरधनीहरुले सस्तोमा नै कोठा भाडामा दिन थालेका हुन् । सस्तोमा नै राम्रो कोठा पाइन थालेपछि कोठामा बस्नेहरु छानिछानी सस्तो र राम्रो कोठामा सर्न थालेका छन् ।महंगो भाडाका कारण काठमाडौंमा कोठामा बस्नेहरुले समस्या झेल्दै आएका थिए । अहिले भने केही राहतकाे महशुष गरेका छन् ।
बालाजु बस्ने राम दाहालले १२ हजारमा दुई वटा कोठा लिएर बस्दै अएका थिए । लकडाउन भएको २ महिना पछि १० हजारमा आफु बसेकोभन्दा ठुलो र पानीको राम्रो व्यवस्था भएको कोठा खाली भेटेर कोठा सरेको उनी बताउँछन् ।
‘काठमाडौंमा यती सजिलै र यति सस्तोमा कोठा पाइन्छ भनेर मैले कहिल्यै पनि सोचेको थिइनँ, तर कोरोनाको कारणले सजिलै राम्रो र सस्तो कोठा पाइयो, किराना पसल चलाउदै आएको थिएँ, लकडाउनको बेला पनि व्यापार गर्नुपर्ने भएर घर जान सकिएन, म मात्रै हैन, मेरा धेरै साथीहरु पनि राम्रो र सस्तो खोजेर सरेका छन्, रासन किन्न आउने घरधनीहरुले पनि कोठा खाली छ, केही कोठा खोज्न आए भने भनिदिनु है भन्ने गरेका छन्,’ दाहालले मकालु खबरसँग भने ।
मकवानपुरका राम लामा पनि लकडाउन कै समयमा कोठा सरे । उनी १५ हजार तिरेर कीर्तिपुरमा ३ वटा कोठा लिएर बसेका थिए । उनले कालिमाटीमा तरकारी व्यापार गरेको ३ वर्ष भयो । लामाले कालिमाटी तिर कोठा खोजेको पनि २ वर्ष भइसकेको छ थियो । तर उनले लकडाउन भएको ३ महिना पछि सजिलै कुलेश्वरमा १२ हजारमा नै ३ वटा कोठा पाएको बताए ।
कोरोनाको संक्रमण सुरु हुनुअघि काठमाडौं उपत्यकामा कोठा पाउन कठिन थियो । लकडाउन भएको करिब ४ महिना हुन लाग्दा उपत्यकामा कोठा खाली र सस्ताे हुन थालेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोठा भाडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्