सस्तियाे काठमाडौंका कोठा भाडा , गाउँ फर्कनेको संख्यामा बृद्धि

काठमाडौं । कोरोनाको कारणले व्यापार नभएको र भाडामा बस्नेहरुको पनि काम नभएकाले कोठा र सटर छाड्न थालेका छन् । लकडाउनको कारणले काठमाडौंमा भोकै हुने हो कि भन्ने डारले गाउँ फर्कनेको संख्या बढेको छ ।
रोजगारीमा समस्या भएपछि काठमाडौंमा बस्नेहरु आ-आफ्नै घर फर्किन थालेपछि घरभाडा पनि सस्तो हुन थालेको छ ।
कोठाहरु १/२ महिनासम्म खाली हुन थालेपछि घरधनीहरुले सस्तोमा नै कोठा भाडामा दिन थालेका हुन् । सस्तोमा नै राम्रो कोठा पाइन थालेपछि कोठामा बस्नेहरु छानिछानी सस्तो र राम्रो कोठामा सर्न थालेका छन् ।महंगो भाडाका कारण काठमाडौंमा कोठामा बस्नेहरुले समस्या झेल्दै आएका थिए । अहिले भने केही राहतकाे महशुष गरेका छन् ।
बालाजु बस्ने राम दाहालले १२ हजारमा दुई वटा कोठा लिएर बस्दै अएका थिए । लकडाउन भएको २ महिना पछि १० हजारमा आफु बसेकोभन्दा ठुलो र पानीको राम्रो व्यवस्था भएको कोठा खाली भेटेर कोठा सरेको उनी बताउँछन् ।
‘काठमाडौंमा यती सजिलै र यति सस्तोमा कोठा पाइन्छ भनेर मैले कहिल्यै पनि सोचेको थिइनँ, तर कोरोनाको कारणले सजिलै राम्रो र सस्तो कोठा पाइयो, किराना पसल चलाउदै आएको थिएँ, लकडाउनको बेला पनि व्यापार गर्नुपर्ने भएर घर जान सकिएन, म मात्रै हैन, मेरा धेरै साथीहरु पनि राम्रो र सस्तो खोजेर सरेका छन्, रासन किन्न आउने घरधनीहरुले पनि कोठा खाली छ, केही कोठा खोज्न आए भने भनिदिनु है भन्ने गरेका छन्,’ दाहालले मकालु खबरसँग भने ।
मकवानपुरका राम लामा पनि लकडाउन कै समयमा कोठा सरे । उनी १५ हजार तिरेर कीर्तिपुरमा ३ वटा कोठा लिएर बसेका थिए । उनले कालिमाटीमा तरकारी व्यापार गरेको ३ वर्ष भयो । लामाले कालिमाटी तिर कोठा खोजेको पनि २ वर्ष भइसकेको छ थियो । तर उनले लकडाउन भएको ३ महिना पछि सजिलै कुलेश्वरमा १२ हजारमा नै ३ वटा कोठा पाएको बताए ।
कोरोनाको संक्रमण सुरु हुनुअघि काठमाडौं उपत्यकामा कोठा पाउन कठिन थियो । लकडाउन भएको करिब ४ महिना हुन लाग्दा उपत्यकामा कोठा खाली र सस्ताे हुन थालेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोठा भाडा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्