Techie IT
बुधबार, कात्तिक २८,२०८१

दलित, सिमान्तकृत विद्यार्थीहरुलाई टोखा नगरपालिकाद्धारा शैक्षिक सामाग्री बितरण


कोरोना बाट प्रभावित भएका विद्यार्थीहरुलाई टोखा नगरपालिकाले शैक्षिक सामाग्री बितरण गरेको छ ।

कोरोना बाट प्रभावित भएका दलित, सिमान्तकृत, अल्पसंख्यक र लोपउन्मुख बर्ग र समुदायका विद्यार्थीहरुलाई टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, नगर प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु जोग प्रसाद नेपाल र श्रीकृष्ण अधिकारी तथा नगर कार्यपालिका सदस्य उर्मिला विश्वक्रर्मा, वडा सदस्य रामभक्त घिमिरे लगायत जनप्रतिनिधिहरुले १ सय ६० जना जति विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको टोखा नगरपालिकाले जनाएको छ ।

सबै जातजाति र भाषाभाषीको उत्थानका लागि कार्य गरिरहेको बताउदै नगर प्रमुख अधिकारीले नगरको समग्र विकास र समृद्धिका लागि नगरपालिकाले सक्दो पहल गरिरहेको बताए ।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिका महिला, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका, #शैक्षिक सामाग्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
15°
Mist
6:22 am5:13 pm +0545