Techie IT
बिहीबार, माघ १०,२०८१

गुगलले दियो जनसंख्या सहित अयोध्या नेपालको प्रमाण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली अयोध्या नेपालमै भएको र अयोध्या र रामसिताका विषयमा गलत तथ्य प्रस्तुत गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको दावी गरेलगत्तै पक्ष विपक्षमा तथ्य प्रमाणसहित बहस हुन थालेको छ । केहीले प्रधानमन्त्रीको कुटनीतिक अपरिपक्वता भन्दै विरोध गरेका छन् भने तथ्य खोजी हुन पनि थालेको छ ।

अयोध्या नेपालमै भएका कारण नेपालमा धेरै पहिलादेखि ठोरी नजिकै हालको वागमती प्रदेश चितवन जिल्लाको माडी नगरपालिकामा पर्ने एउटा सानो गाउँ भएको तथ्य गुगलले पनि देखाएको छ । साविक अयोध्यापुरी गाविसको नाम राखिएको उक्त स्थान नै अयोध्या थियो भनेर प्रधानमन्त्रीदे दावी प्रस्तुत गर्नुभएको उक्त स्थानमा रहेको अयोध्यापुरी गाविसमा २०४८ को जनगणनामा १ हजार ४ सय ८३ घरधुरीमा ७ हजार ८ सय ३१ जनसंख्या थियो ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा नेपालमाथि भारतीय सांस्कृतिक अतिक्रमण भएको तथ्य सहित प्रस्तुत हुनुभएको थियो । ओलीले जनसांख्यिक अतिक्रमण रोक्न नागरिकताको सन्दर्भमा, भौगोलिक अतिक्रमण रोक्न सिमानाका सन्दर्भमा कडा अभिव्यक्ति दिईरहनुभएको छ ।

प्रधानमन्त्रीका अभिव्यक्तिले भारत चिढिएको व्यवहार कुटनीतिक रुपमा देखाईरहेको छ भने भारतीय मिडियाहरुले नेपाल विरुद्धमा अनेक प्रोपापेगाण्डा सहितका समाचार सामग्रीहरु प्रसारण गरिरहेका छन् । नेपाल भारत तनावकै बीचमा प्रधानमन्त्री ओलीले सांस्कृतिक अतिक्रमण रहेको तथ्य राख्दै यो अतिक्रमणका विरुद्धमा पनि उभिने संकेत गर्नुलाई सामाजिक सञ्जालमा आम नागरिक तहबाट प्रशंसा भएको छ भने राजनीतिक र कुटनीतिक बृत्तमा भने अपरिपक्वता भन्दै आलोचना भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अयोध्या नेपालको प्रमाण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545