Techie IT
सोमबार, असार १६,२०८२

संखुवासभाको धर्मदेवी नगरपालिका ९ मा भाउजु हत्याको आरोपमा नन्द पक्राउ


संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँमा मृत भेटिएकी ५० वर्षीया मनमाया जिमीको हत्याको आरोपमा कुमारी जिमी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई शुक्रबार मनमायाको हत्याको आरोपमा पक्राउ गरेको डीएसपी नवराज मल्लले बताए । मृतक मनमाया र पक्राउ परेकी कुमारी नन्द–भाउजु हुन् ।

बुधबार साँझ घाँस काट्न गएकी मनमाया बिहीबार मृत अवस्थामा जंगलमा भेटिएकी थिइन् । उनको हत्या विभत्स र क्रुर तरिकाले भएको प्रहरीले जनाएको छ । मृतक जिमीलाई पटकपटक धारिलो हतियार प्रहार भएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

कुमारी जिमीसँगै प्रहरीले घटनामा संलग्न भएको आशंकामा अन्य केही व्यक्तिलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545