संखुवासभामा योग अभ्यास शिक्षा लिनेको संख्या बढे

जारी लकडाउनकाबिच संखुवासभामा योग अभ्यास शिक्षा लिनेको संख्या बढेको छ । पानी पर्ने याम भए पनि टहरा निर्माण गरेर योग अभ्यास संचालन भइरहेको छ । दैनिक योग गर्नाले शरिरलाई धेरै फाइदा हुने योग अभ्यास कार्यक्रमका सहभागी दुर्गा पौडेलीले बताउनु भयो ।
योग अभ्यासका लागि खाँदबारीको घिमिरे गाउँमा महिला समुहले टहरा निर्माण गरेका छन् । टहरा निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी संखुवासभाले तीन वटा र स्थानीयवासी सुरज गौतमले एक वटा त्रिपाल उपलब्ध गराएका छन् ।
जिल्लाका विभिन्न ठाउँमा योग अभ्यास शिक्षा संचालनको माग भए पनि वर्षातको कारण संचालन गर्न नसकेको जिल्ला पतञ्जली यूवा समुहका अध्यक्ष तथा योग प्रशिक्षक क्षितिज बरालले बताउनु भयो ।
विरामी भएकाले मात्र योग गर्नुपर्छ भन्ने आम मानिसको बुझाइ रहेको छ । तर संखुवासभामा भने यूवादेखि वुद्धसम्म योग अभ्यास शिक्षामा रमाइरहेको प्रशिक्षक बरालले बताउनु भयो ।
हाल चैनपुरमा स्थापित क्वारेन्टाइन, खाँदबारीको वरुण क्याम्पस, खाँदबारी घिमिरे गाउँमा २ ठाउँ र नयाँ बजार पतञ्जली जिल्ला समितिको कार्यालय गरी ५ स्थानमा संचालन भइरहेको योग अभ्यास शिक्षालाई पतञ्जली जिल्ला समिति अध्यक्ष दीपक कटुवाल र पतञ्जली यूवा समुहका अध्यक्ष क्षितिज बरालले प्रशिक्षण दिइरहनु भएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्