Techie IT
शुक्रबार, असार ६,२०८२

काठमाडाैंमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारको निर्णय ,भाडादर ५० प्रतिशत बढी


सरकारले काठमाडाैं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरको छ।

सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा संञ्चारमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु चल्न दिइने बताएका छन् ।

असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

भाडादर भने साविकको भन्दा ५० प्रतिशत बढी लिन सकिने मन्त्री खतिवडाले जानकारी गराए ।

यस्तै ट्याक्सीलाई पनि संचालन गर्न दिने निर्णय गरेको छ । ट्याक्सीमा चालक सहित ३ जना र ५ वर्ष मुनिका थप एक जना सम्म यात्रा गर्न सकिनेछ ।

सार्वजनिक सवारी साधानमा क्षमताको भन्दा ५० प्रतिशत कम यात्रु राख्ने, सबैले अनिवार्य मास्क लगाउने, स्यानिटाइजर राख्नु पर्ने र दुरी कायम गर्नुे पर्ने सरकारले जनाएको छ ।
सरकारले तोकेको मापदण्ड पुरा गरेपनि यातायात व्यवसायिहरुले सवारी साधान सञ्चालन गर्न सक्नेछन् ।

यद्यपी एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्न भने पाउनेछैन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारको निर्णय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545