Techie IT
मंगलबार, वैशाख ८,२०८३

खाँदबारी नगरपालिकाको बजेट ६१ करोड


खाँदबारी नगरपालिकाले आर्थिक बर्ष २०७७/८८ का लागि ६१ करोड ८३ लाख ७० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । खाँदबारी आज पत्रकार सम्मेलन आयोजना गरेर नगरको आन्तरिक श्रोतबाट ४ करोड, राजश्व बाडफाडबाट ८ करोड २२ लाख ६७ हजार, संघीय वित्तिय समानीकरण सर्शतबाट १७ करोड ७ लाख, संघीय सरकार सर्शत अनुदान २७ करोड १८ लाख, संघीय समपुरक २ करोड ४६ लाख, प्रदेश वित्तिय समानीकरण ७२ लाख ६ हजार, प्रदेश सर्शत राजश्व अनुमान ७७ लाख ९७ हजार, प्रदेश समपुरक अनुदान १ करोड र सडक बोर्य नेपालबाट ४० लाख आयआर्जन हुने गरि अनुमान गरिएको छ ।

त्यस्तै, नगरपालिकाको लागि प्रशासनिक खर्च ११ करोड २९ लाख ९७ हजार विनियोजन गरिएको छ । जुन रकम कुल अनुमानको १८ दशमलब २३ प्रतिशत हो । प्रमुख खतिवडाले कोरोना संक्रमण नियन्त्रण गर्न विशेष प्राथमिकतामा राखिएको छ । कोभिड–१९ लक्षित कार्यक्रममा संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधि तथा उपकरण र परामर्शदाताहरुसहितको मोबाइल क्लिनिक चलाउने, वडाहरुमा सञ्चालित होम क्वारेन्टाइनलाई व्यवस्थित गराउने भन्ने रहेको छ ।

सहरी सौन्दर्यतालाई व्यवस्थीत गर्ने, बस्ती विकास र अधुरा योजनालाई पनि प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याउने छ । आर्थिक उपार्जनमा आत्मनिर्भर, सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा अरुण नदीबाट पानी लिफ्टिङ सिस्टमबाट ल्याईने जस्ता योजना अघि सारिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्