तारकेश्वरको धर्मस्थली र साङ्गलामा पनि भेटियो सलह किरा

खेतीबालीका लागि निकै खतरनाक मानिएको सलह किरा काठमाडौंसहित देशका विभिन्न जिल्ला पुगेका छन् । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवन, काभ्रे, सिन्धुली, रामेछाप, काठमाडौं, ललितपुर, लमजुङ, अर्घाखाँची, दाङ, पाल्पालगायतका जिल्लामा सलह किरा देखिएको जनाएको छ ।
यसै बिच आज काठमाडौको तारकेश्वर नगरपालिका अन्र्तगत धर्मस्थली र साङ्गलामा पनि सलह किरा भेटिएको छ ।
थोरै मात्रामा धर्मस्थलीमा भेटिएको धर्मस्थली निवासी अजय महर्जनले फेसबुक वालमा लेखेका छन ।
यसै बिच त्यको केही समयमा सोही नगरपालिका अन्र्तगत साङ्गामा पनि भेटिएको श्याम कार्कीले बताए ।
काठमाडौंको दक्षिणकाली नगरपालिका र ललितपुरको महांकाल गाउँपालिकामा दिउँसो ३ बजे सलह देखिएको थियो । कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख निर्मल गदालका अनुसार दिउँसो ३ बजे देखिए पनि किरा काठमाडौं र ललितपुरमा बसेका छैनन् । ‘काठमाडौं र ललितपुरको आकाशमा देखिए पनि कतै बसेनन्, काभ्रेतिर गएको अनुमान छ,’ उनले भने । त्यस्तै, धादिङको धादिङबेँसीमा सानो संख्यामा सलह किरा देखिएका छन् । चितवनको खैरहनी, कालिका र भरतपुर महागरपालिकाको दिव्यनगरमा देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सलह किरा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्