तारकेश्वर सांस्कृतिक प्रतिष्ठानको आयोनमा गायन, नृत्य तथा अभिनय प्रतियोगिताको अडिसन सम्पन्न

तारकेश्वर काठमाडौ । तारकेश्वरमा नगर स्तरीय गायन, नृत्य तथा अभिनय प्रतियोगिताको अडिसन सम्पन्न भएको छ ।
तारकेश्वर सांस्कृतिक प्रतिष्ठानको आयोनमा , काभेस्थलीमा अवस्थीत मिलन धर्मस्थलीमा भएको हो ।
प्रतियोगितामा करिव ४० जना सहभागीले आफ्नो प्रस्तुती गरेका छन ।
बिषेश गरि लकडाउनका कारण गुम्सिएर बसेका नवप्रतिभाहरुलाई प्रष्फुटित हुने अवसर सिर्जना गरी नेपाली मौलिक कलासंस्कृति एवं राष्ट्रियताको प्रवद्र्धनका साथै कोरोना महामारीसंग जुध्न सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक सुशील फुयाँलले बताए ।
थुनिएको समयमा पनि सिर्जना अवरुद्ध हुँदैन । विपतमा सिर्जनाकर्मीहरु हौसला र उत्प्रेरणाका दीप हुन् । उनीहरुलाई प्रज्वल्लित गरी समाजलाई संत्रास र निराशाबाट बचाउनु पर्छ भन्ने सोचेर प्रतियोगिता शुरु गरिएको फुयाँलले बताए ।
तारकेश्वर नगर भित्रकाबालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रममा १ देखि १२ कक्षा सम्म सबै उमेर समूहकाले भाग लिएका आयोजक अमृत ढकालले बताए ।
कार्यक्रमको दर्ता शुल्क रु १० राखिएको र पछि अन्य कुनै शुल्क नलाग्ने भनिएको सो कार्यक्रमको फाइनल राउण्ड केही दिनमै हुने आयोजक अजय अधिकारी सुशीलले बताए ।
कार्यक्रमको निर्णायकका रुपमा कलाकार एवम् निर्देशक किशोर भण्डारी, कलाकार अजय अधिकारी सुशील, नृत्य निर्देशक सुमी लामिछाने रहेका छन ।
।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर सांस्कृतिक प्रतिष्ठान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्