विश्व किर्तिमानी संखुवासभाका पर्वतारोही मिङमा शेर्पा कांग्रेसमा प्रवेश

काठमाडौं- नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले आगामि चुनावमा नेपाली काँग्रेस पहिलो पार्टि हुने दावी गर्नुभएको छ । लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म पनि विकासमा अग्रणी भुमिका निर्वाह गरेको बताउदै कोइरालाले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने धारणा राख्नु भयो ।
संखुवासभा काठमाडौ सम्पर्क समितिद्धारा आयोजित कांग्रेस प्रवेश कार्यक्रममा महामन्त्री कोइरालाले अव युवाहरुको पहिलो छनौटको पार्टी कांग्रेस हुने बताउदै पार्टी प्रवेशको श्रृंखला निरन्तर रहने बताउनु भयो । सो कार्यक्रममा संखुवासभा जिल्ला मकालुका विश्व किर्तिमानधारी पर्वतारोही मिङमा शेर्पा लगायत पर्यटन व्यवसाय र पर्वतारोहण मा लागेका सात जनाले पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महतले नेकपाको गलत रवैयाका कारण देश पछि परेको धारणा राख्नु भयो ।
केन्द्रिय सदस्य मिनेन्द्र रिजालले सरकार बेसार र तातो पानिको कुरामा अल्झिएको बताउदै विकास र समृद्धीबाट विमुख हुनपुगेको दावी गर्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य गगन थापाले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको बताउनु आरोप लगाउनु भयो । सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुदा कोरोना नियन्त्रणमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको बताउनु भयो ।
पार्टी प्रवेश गरेका पर्वतारोही मिङमा शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, पूर्वराज्यमन्त्रीहरु दिपक खड्का, तारामान गुरुङ, पूर्व सांसदहरु टंक राइ, पासाङ शेर्पा बिना पौडेल लगायतका नेताहरुले पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाइ स्वागत गर्दै शुभकामना दिनुभएको थियो ।
क्याटेगोरी :
समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्