Techie IT
सोमबार, वैशाख २२,२०८२

पत्रकार महासंघ काठमाडौंद्धारा किटनाशक औषधि छर्कने यन्त्र लगायतका औषधि हस्तान्तरण


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज पत्रकार महासंघको केन्द्रीय कार्यालयका लागि किटनाशक औषधि छर्कँने यन्त्रका साथै केही औषधि हस्तान्तरण गर्दै कोरोना भाइरसको जोखिम घटाउन घर तथा कार्यालय आसपास क्षेत्रमा विशेष सरसफाइ गरी सावधानी अपनाउन आग्रह गरेको छ ।

केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यलाई उक्त मेशिन हस्तान्तरण गर्दै शाखाका तर्फबाट कोरोना भाइरसको जोखिमको अवस्थामा सञ्चारकर्मीलाई थप सामाजिक सुरक्षाको खाँचो औँल्याउँदै उनीहरुलाई विभिन्न सञ्चारगृहले तलब नदिने तथा सेवाबाट हटाउन थालेकामा त्यसको बिरोध गरिएको छ ।

सञ्चार व्यवसायीले विगतमा गरेको नाफाबाट अहिले विपदको समयमा पत्रकार तथा कर्मचारीको दायित्व वहन गर्नुपर्नेमा जोड दिँदै आइसोलेशनमा बसेका सञ्चारकर्मीको उपचारमा विशेष ध्यान दिन माग गरेको पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शान्ताराम बिडारीले बताए

कार्यक्रममा शाखा उपाध्यक्ष सुर्य सुबेदी, सचिव मोहन पन्त, केन्द्रीय पार्षद कृष्ण लेकाली, सहसचिव अमिर लामा लगायत विभिन्न सञ्चार संस्था आवद्ध पत्रकारहरु हुनुहुन्थ्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासंघ काठमाडौ, #शान्ताराम बिडारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545