नेपालमा ८२ सय ७४ जनामा कोरोना पुष्टि ,थपिए ४ सय २६ संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दिनदिनै बढ्ने क्रममा शुक्रबार पनि ४२६ जना नयाँ संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घन्टाभित्रको प्रयोगशाला परीक्षणअनुसार ३ सय ३८ पुरुष र ८८ जना महिला कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको प्रेस ब्रिफिङमा दिइएको जानकारीअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । जसमा महिला ७ सय ७ जना हुनुहुन्छ भने पुरुष संक्रमितको संख्या ७ हजार ५ सय ६७ जना रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्र मुलुकका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा काठमाडौंको टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबैभन्दा बढी २ सय ४१ जनामा कोारोना भाइरस पोजेटिभ देखिएको छ ।
यस्तैगरी दोस्रो बढी संक्रमित प्रादेशिक प्रयोगशाला रुपन्देहीमा १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै प्रादेशिक प्रयोगशाला विराटनगरमा ३ जना, प्रादेशिक प्रयोगशाला जनकपुरमा १५ जना, हेटौडा प्रयोगशालामा ६ जना र शिक्षण अस्पताल महाराजगन्जको प्रयोगशालामा पनि ५ जनामा कोरोना भाइरस देखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक प्रयोगशाला पोखराको परीक्षणमा २४ जनामा कोरोना पोजेटिभ देखियो भने सेती अस्पतालको प्रयोगशाला परीक्षणमा पनि २४ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसकै कारण नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या २० रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना पुष्टि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्