वामदेव सरकारमा जाने हल्ला पूर्णत निराधार

काठमाडौँ, ४ असार । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू अहिलेको सरकारमा सहभागि नहुने बताएका छन । आज उनका सहयोग विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा गौतम सरकारमा जाने हल्ला पूर्णत निराधार भएको बताएका छन् ।
‘‘सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस्,’’ उनले भनेका छन् ‘‘ प्रधानमनत्री केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् ।’’ यसअघि नेपालको संसोधित नक्सा जारी गर्ने एजेण्डा नै गौतमकै नै रहेको उनले भनेका छन् ।
उनले वामदेव आफ्नो कित्तामा अडिग रहेको भन्दै एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा नरहेको कुरा बताएका छन् ।
‘‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ ’’ उनले लेखेका छन् ‘‘ वामदेवलाई पनि त्यहीँ भेटिदैछ । उहाँ अझै केही समय सार्वजनिक प्रतिक्रियामा आउनुहुने छैन ।’’
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #वामदेव गौतमले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्