तारकेश्वर नगरले बनाएको २ करोडको वाल एक महिनामै ढल्यो , नगरप्रशासनको कार्य क्षमता माथि प्रश्न
इन्जिनियरहरुको कमजोर क्षमता
२ असार, काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा नं. २ मा निर्माणधिन करिव २ करोडको वाल भत्किएको छ । तारकेश्वर नगरपालिका स्तरीय बजेटबाट निर्माण भएको पर्खाल एक महिनापनि टिक्न सकेन । नगरपालिकामा ५ लाख भन्दा बढिको योजनामा नगर उपप्रमुखले अनुगमन गर्ने प्रचलन छ ।
तारकेश्वर वडा नं. २ को कोइराला खोलामा इन्जिनियर र ठेकेदारको मिलेमतोमा कम रकममा कमजोर पर्खाल लगाइएको हुँदा भत्किन गएको स्थानीय रामसुदन फुयाँलले बताउनुभयो । फयाँलका अनुसार अहिलेसम्म आधा काममात्र सम्पन्न भएको छ ।
हिजो मात्र ठेकेदारले वालमा माटो फिल गरेको थियो । पर्खाल बनाउने क्रममा सुरुमै स्थानीयहरुले पर्खालको फाउण्डेशन सानो भएकोमा विरोध गर्नुका साथै ठूलो बनाउन माग गरेका थिए । स्थानीयको विरोधलाई वास्ता नगरी इन्जिनियर हरेराम प्याकुरेल र ठेकेदारको मिलेमतोमा काम भएको थियो ।
पर्खाल लडेको स्थानमा स्थानीयहरुले जनप्रतिनिधि, ठेकेदार र इन्जिनियरलाई बोलाएका थिए । तर अहिलेसम्म उक्त स्थानमा ठेकेदारबाहेक अरु कोही पनि नआएको स्थानीयको गुनासो छ ।
वाल बनाएको ठाउँमा ५–७ दिन अघि डोजर लगाउँदा खानेपानीको पाइप र टेलिकमको अप्टिकल फाइबर ध्वस्त भएका कारण स्थानीयहरु अहिले आक्रोशित भएका छन् । नगरपालिकाको २ कोरोडको योजना भएपनि ठेकेदारले टेण्डरमा १ करोड ३३ लाखमा योजना हात पारेको थियो ।
तारकेश्वरमा अहिलेसम्म निर्माण भएका नगरस्तरीय कामहरु धेरैजसो गुणस्तरयुक्त देखिदैन । इन्जिनियरहरुको कमजोर क्षमता र अनुभव नभएका कारण तारकेश्वरमा भएका विकास निर्माणका योजनाहरु पनि गुणस्तरीय बन्न नसकेको नेपाली काँग्रेसका प्रदेस सांसद्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कार्य क्षमता माथि प्रश्न, #तारकेश्वर नगर
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्