कांग्रेस पाँचखपनद्धारा राहत हस्तान्तरण

नेपाली कांग्रेस पाँचखपन नगर कार्य समितिले पाँचखपन नगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । लकडाउनले समस्यामा परेकाहरुलाई राहत वितरण गर्न नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई वितरण गर्न कांग्रेसले राहत हस्तान्तरण गरेको समितिका सभापति चित्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
समितिले ४ लाख ५१ हजार १ सय ७५ रुपैंया मूल्य बराबरको राहत सामाग्री हस्तान्तरण गरेको हो । ३ सय ३२ बोरा चामल, २० कार्टुन तेल नगरपालिकालाई हस्तान्तरण गरेको हो । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचखपनले पनि १ लाख ६ सय ४० मूल्य बराबरको ७४ बोरा चामल नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्