कांग्रेस पाँचखपनद्धारा राहत हस्तान्तरण
नेपाली कांग्रेस पाँचखपन नगर कार्य समितिले पाँचखपन नगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । लकडाउनले समस्यामा परेकाहरुलाई राहत वितरण गर्न नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई वितरण गर्न कांग्रेसले राहत हस्तान्तरण गरेको समितिका सभापति चित्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
समितिले ४ लाख ५१ हजार १ सय ७५ रुपैंया मूल्य बराबरको राहत सामाग्री हस्तान्तरण गरेको हो । ३ सय ३२ बोरा चामल, २० कार्टुन तेल नगरपालिकालाई हस्तान्तरण गरेको हो । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचखपनले पनि १ लाख ६ सय ४० मूल्य बराबरको ७४ बोरा चामल नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्