Techie IT
बिहीबार, फागुन १०,२०८०

संखुवासभाको चिचिला गाउँपालिका ४ मा आगलागी, २० लाख बराबरको क्षति


संखुवासभाको चिचिला गाउँपालिका स्थित वडा नम्बर ४ मा  कर्ण कुमार गुरुङको घर आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजे तिर घर जलेर नस्ट भएको हो ।  घरमा कोहि नभएको अवस्थामा चुलो माथि राखेको डोको झरेर आगो सल्केको पिडित गुरुङले बताए ।

आगलागीबाट २० लाखको क्षति भएको चिचिला गाउँपालिकाका लेखापरीक्षक उज्वल अनुपम बस्नेतले बताए । आगोले  घर पुर्ण रुपमा क्षति भएको छ।

घरमा भएको अन्नपात, लत्ताकपडा, कागजपत्र सम्पूर्ण जलेर नष्ट भएका छन।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:34 am5:59 pm +0545