शुक्रबार र शनिबार देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भन्दै सावधानी अपनाउन मौसमविद्को सुझाव

काठमाण्डाै – शुक्रबार र शनिबार देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भन्दै सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
अरब सागरमा बनेको चक्रवात निसर्ग कमजोर हुँदै गए पनि नेपालसम्म आइपुग्दा यसले असर गर्ने भएकाले आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा सामान्यदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले यसकै प्रभावले वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने, बाढी र पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
यसैगरी उच्च हिमाली भेगमा हिमपात पनि हुने उहाँको अनुमान छ । निसर्ग चक्रवातसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले अहिले पनि देशभरिकै मौसम बदली भइ सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश ५ का केही ठाउँमा पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।
आज पनि देशका धेरै ठाउँको मौसम पूर्णरुपमा नखुल्ने तर आजको भन्दा भोलि र पर्सीको मौसम अझै बिग्रने सम्भावना रहेको मौसमविद् पौडेलको भनाइ छ । पर्सी शनिबार बेलुकीदेखि भने मौसम खुल्दै जाने उहाँको अनुमान छ ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्