भारतबाट आएका सुनसरीका ७ जनामा कोरोना पोजेटिभ

सुनसरी – दुई हप्ताअघि भारतबाट आएका सुनसरीका सातजना कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इस्राइल मन्सुरीका अनुसार भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो ।
भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सातजना संक्रमित पाइएकाे हाे । कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वार्ड नम्बर ४ का चार पुरुष, वार्ड नम्बर ५ र वार्ड ८ का एक-एक पुरुष गरी सात जनामा कोरोना देखिएकाे हाे ।
पाँच दिनअगाडि कोशी अस्पताल विराटनगरबाट आएका स्वास्थ्यकर्मी टोलीले उनीहरूको स्वाब टेस्ट गरेका थिए । कोरोना संक्रमण पाइएपछि उनीहरूलाई थप उपचारका लागि धरान पठाउने तयारी गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्