मदन जयन्तीमा प्रदेश नं. ५ ले विभिन्न कार्यक्रम गर्ने

नेपालगंज जेठ १७ ः मदन भण्डारी फाउण्डेशन प्रदेश ५ कमिटीले मदन भण्डारीको ६८ औ मदन जयन्तीमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
प्रदेश नं. ५ का अध्यक्ष सूर्य ढकालको अध्यक्षता र मदन भण्डारी फाण्डेशनका केन्द्रीय सचिव कमरेड पेम्मा लामाको प्रमुख अथित्यमा अलनाइनबाट पदाधिकारीको बैठक मदन जयन्ती विभिन्न कार्यक्रमहरुका साथ मनाउने निर्णय गरेको हो ।
यहि असार १३ गते मदन जयन्तीको सन्दर्भमा मदन भण्डारी फाउन्डेशन प्रदेश कमिटीको आयोजनामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । विषयः “मदन भण्डारी, देशको अर्थतन्त्र र कोभिड–१९ बाट सिक्ने पाठहरु’’ शीर्षकको गोष्ठि गर्ने भएको हो ।
यस्तै असार १४ गते सबै जिल्लाहरुले आफ्नो घर वरिपरि वा आफनो जमिनमा फलफुलका विरुवाहरु (आप,कटहर,मेवा कागत,केरा,अनार,बेलाउती सुन्तला,लिची या अरु कुनै) अनिवार्य अभियानकै रुपमा विरुवाहरु रोप्ने, समृद्ध नेपाल सुखी नेपाली नामक पुस्तक असार १४ भित्र प्रकाशित गर्ने, अहिले कोरोना भाइरसको कारण थप रगतको समस्या पर्ने भएको हुँदा विगत झै यस पटक पनि सबै जिल्लामा रत्तदान गर्ने कार्यक्रमको आयोजना गर्ने उल्लेख छ ।
यस्तै सबै जिल्ला कमिटीहरुको (मदन भण्डारी फाउन्डेशन,मदन भण्डारी कला साहित्य,मदन भण्डारी बौदिक मन्त्र र मदन भण्डारी स्पोर्टस एकडेमी) अनलाइनबाट बैठकको आयोजना गर्ने समेत भएको छ ।
यसैगरी कोरोना कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलिरहेको अवस्थामा प्रदेश नम्वर ५मा अझ व्यापकता लिईरहेकोले नियन्त्रण भन्दा बाहिर जाने खतरा उतिकै रहेको कुरा समेत अवगत गराएको छ ।
क्वारेन्टिनबाटै सङ्क्रमण महामारी रुपमा फैलिने संक्ने खतरा उतिकै छ । त्यसकारण भारतबाट एउटा नाकाबाट ५०० भन्दा बढी आउने क्रमजारी नै छ । सीमानामा आउनेहरुलाई सीमानामै चमत र उअच जाँच गर्ने व्यवस्था मिलाउन संघ र प्रदेश न ५ प्रदेश सरकार सँग जोडदार माग गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #मदन भण्डारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्