कोरोना सङ्क्रमणबाट ललितपुर बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु

जेठ १५ काठमाडौ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो ।
योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको उहाँले बताउनुभयो । यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको मृत्यु भएको थियो ।
यही जेठ ११ गते अस्तपालमा भर्ना भएका मृतकको जेठ १२ गते नमूना सङ्कलन गरी कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पृष्टि भएको हो । उनमा कलेजोसम्बन्धी रोग रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना सङ्क्रमण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्