एनपीएलमा आज दुई खेल, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ ।
पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । काठमाडौंले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जित्न सके काठमाडौंले प्लेअफमा स्थान सुरक्षित गर्नेछ ।
पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ । पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ । आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत्त्वपूर्ण छ ।
दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिम रोयल्स अहिलेसम्म अपराजित छ । आज उसले छैटौं खेल खेल्दैछ । सुदूरपश्चिम १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । उसले प्लेअफमा स्थान पनि सुरक्षित गरिसकेको छ । चितवन राइनोजले पनि छैटौं खेल खेल्दैछ । उसले २ खेल जितेर ४ अंक जोड्दै छैटौं स्थानमा छ । चितवनका लागि पनि प्लेअफमा पुग्न आजको खेल महत्त्वपूर्ण छ ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्