Techie IT
आईतबार, असार ८,२०८२

तार्केश्वरले जित्यो फुटसलको उपाधि


काठमाडौं । तार्केश्वर नगरपालिकाले काठमाडौं जिल्ला बृहत खेलकुद अन्तर्गत पुरुष फुटसलको उपाधि जितेको छ ।

लैनचौर खेल मैदानमा भएको फाइनलमा तार्केश्वरले काठमाडौं महानगरपालि वडा-५ लाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो । निर्धारित समयको खेल १-१ बराबरीमा टुंगिएको थियो । विजेता तार्केश्वरले १ लाख ५० हजार तथा उपविजेता वडा ५ ले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा काठमाडौं महानगरपालिका वडा-५ का अक्लेश कार्की उत्कृष्ट खेलाडी तथा नितेश महर्जन उत्कृष्ट गोलकिपर घोषित भए । काठमाडौं महानगरपालिका वडा २६ का निराजन मल्ल सर्वाधिक गोलकर्ता बने । तीनैले जनही १० हजार रुपैयाँ पाए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #तार्केश्वरले जित्यो फुटसलको उपाधि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:07 am7:03 pm +0545