बराबरीमा सकियो नेपाल र म्यानमारको खेल, बाँडे अङ्क

काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबिचको खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोल गरे । योसँगै एकएक अङ्क बाँडेका छन् ।

७–७ अङ्कसहित म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यानमार गोलअन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । फाइनल खेल बुधबार हुनेछ ।

पहिलो हाफमा २–२ गोल गरेका दुवै टोलीले दोस्रो हाफमा कुनै पनि गोल गर्न सकेनन् । खेलको छैटौँ मिनेटमा म्यानमारकी म्याट नोए खिनले गोल गर्दै पहिलो अग्रता लिएकी थिइन् । उनले प्रहार गरेको प्रहार नेपालकी अन्जना रानामगरले रोक्न नसक्दा गोलमा परिणत भएको थियो ।

खेलको ११औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । उनले सवित्रा भण्डारीको पासमा डिबक्सबाट गोल गरेकी थिइन् । पुनः खेलको १६औ मिनेटमा म्यानमारकी मे लुले चेस्ले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको ४१औं मिनेटमा सावित्राले गोल गर्दै नेपालको तर्फबाट दोस्रोपटक बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।
क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #बराबरीमा सकियो नेपाल र म्यानमारको खेल, #बाँडे अङ्क
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्