Techie IT
आईतबार, वैशाख २१,२०८२

भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित


काठमाडौँ, पुस २५ गते । जय ट्रफी एलिट कपमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशलाई दोस्रो इनिङमा ९४ रनमा अलआउट गर्दै पुलिसले एक इनिङ र ३५ रनको जित निकाल्यो ।

 

पुलिसलाई फराकिलो जित दिलाउन कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । आक्रामक ब्याटिङ गर्दै ६८ बलमा ६३ रन जोडेका उनले बलिङतर्फ दुवै इनिङमा गरी ७ विकेट लिएका छन् । मधेशको पहिलो इनिङमा दुई विकेट झारेका कुशललले दोस्रो इनिङमा केवल ४.२ ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

दोस्रो इनिङमा मधेशका कुनै पनि ब्याटरले पुलिसको बलिङको प्रतिरोध गर्न सकेनन् । विशाल पटेलले सर्वाधिक २७ रन बनाए । ओपनर मयन यादव २२ रन बनाएर आउट भएपछि मधेशको आशा टुटेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:20 am6:40 pm +0545