एलिट कप: पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, गुल्शनले लिए ५ विकेट

काठमाडौं, पुस २४ गते । जय ट्रफी एलिट कप अन्तरगत जारी खेलमा नेपाल पुलिस क्लबविरुद्ध मधेश प्रदेश पहिलो इनिङमा १२९ रनमा समेटिएको छ ।
पुलिसका गुल्शन झाले ५ विकेट लिएपछि मधेश सस्तोमा समेटिएको हो ।
मधेसका ओपनर मयन यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए पनि अन्य ब्याटरहरु चल्न सकेनन् ।
मयनले १०२ बलमा २ छक्का र ५ चौकासहित ५९ रन जोडेर आउट भए । नीरज यादवले २९ र अभिषेक शर्माले अविजित १७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
गुल्शनले १३ ओभरमा ४० रन खर्चिएर ५ विकेट लिए । दुई विकेट कुशल भुर्तेलको नाममा रह्यो भने ललित राजवंशी र श्रवण यादवले एक–एक विकेट बाँडे । ललितले १५।४ ओभर बलिङ गर्दा २२ रन मात्रै खर्चिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एलिट कप: पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, #गुल्शनले लिए ५ विकेट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्