डब्लुटिसी फाइनलका लागि ३ टोली दौडमा

काठमाडौं ,पुस १५ गते । इङ्ग्ल्याण्डमा अर्को वर्ष आयोजना हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले स्थान सुरक्षित गरिसकेको छ।
फाइनल पुग्ने अर्को टोलीका लागि ३ देशको प्रतिस्पर्धा रहेको छ । डब्लुटिसी सन् २०२५ को जुन ११ देखि १५ तारिख सम्म हुनेछ।
मेलवर्न क्रिकेट स्टेडियममा सोमवार सकिएको टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेसँगै फाइनलमा स्थान बनाउन टोलीहरुलाई थप सहजता मिलेको छ ।
यस्तो छ वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा छनोट हुने बाटो
दक्षिण अफ्रिका शनिवार पाकिस्तानलाई पराजित गर्दै डब्लुटिसीको फाइनलमा पुगेको छ । अब फाइनल पुग्ने अर्को टोलीका लागि भारत, अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा रहेको छ ।
१) अस्ट्रेलिया

अस्ट्रेलियाले शुक्रवार भारतविरुद्ध सुरु हुने सिड्नी टेस्ट जितेमा फाइनलका लागि छनोट हुनेछ । सिड्नी टेस्ट बराबरीमा सकिएमा अस्ट्रेलियाले अर्को महिना श्रीलंकाविरुद्ध हुने दुई खेलको टेस्ट सिरिजमा कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ ।
२) भारत

भारतका लागि फाइनल छनोटको आशा कायमै राख्न सिड्नी टेस्टमा जित आवश्यक छ । सिड्नी टेस्ट जितेर मात्र भारत फाइनलका लागि छनोट हुँदैन । उसको फाइनल सम्भावना जीवितै राख्न श्रीलंकाले अस्ट्रेलियाविरुद्धको टेस्टमा कम्तिमा एक खेल बराबरी खेल्नु पर्ने हुन्छ ।
३) श्रीलंका

श्रीलंकालाई डब्लुटिसीको फाइनलमा छनोटका लागि भारत र अस्ट्रेलियाबिचको सिड्नी टेस्ट बराबरीमा सकिनु पर्नेछ । त्यसपछि अस्ट्रेलियासँग हुने दुवै टेस्ट जितेमा श्रीलंका डब्लुटिसीको फाइनल पुग्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #डब्लुटिसी फाइनलका लागि ३ टोली दौडमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्