सिद्धार्थलाई चौथो पटक रनिङ शिल्ड

फेदीखोला गाउँपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ उपाधि सिद्धार्थ माध्यमिक विद्यालयले उचालेको छ ।
सिद्धार्थले १४ स्वर्ण, सात, रजत र चार काँस्य गरी ६० अङ्कसहित चौथो पटक रनिङ शिल्ड जितेको हो । सात स्वर्ण, सात रजत र पाँच काँस्य गरी ४० अङ्क प्राप्त गर्दै दामगाडे माध्यमिक विद्यालय दोस्रो बनेको हो ।
कालाभैरव माविले तीन स्वर्ण, तीन रजत र दुई काँस्य पदक ल्याउँदै तेस्रो स्थान हासिल गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी समीर सुनार, अभिषेक गुरुङ र युनिस गुरुङ पुरस्कृत भएका थिए । मार्च पास अन्तर्गत चण्डीडाँडा माविले उत्कृष्ट स्थान हासिल गरेको थियो ।
तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र र छात्राहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड, रिले, कपर्दी, भलिबल, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सट पुट र ज्याभ्लिन थ्रोमा खेलाडी सहभागी भएका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #सिद्धार्थलाई चौथो पटक रनिङ शिल्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्