तारकेश्वरमा अर्को साता एनएनआईपीए स्पोर्ट्स अवार्ड हुने

काठमाडौं, पुस ९ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्डको १९ औं संस्करण पुस २० गते काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने भएको छ ।
अवार्ड आयोजनाका लागि तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यिनै २९ खेलाडीबाट समान १÷१ पुरुष÷महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १–१ लाख नगदबाट सम्मान गरिने छ । समान १–१ पुरुष÷महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ ।
पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप १–१ जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ । एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #तारकेश्वरमा अर्को साता एनएनआईपीए स्पोर्ट्स अवार्ड हुने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्