सिटीको ओरालो यात्रा, एस्टन भिल्लासँग पराजित

इङलिस प्रिमियर लिगको दशौं चरणपछि खराब खेल पस्केको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले शनिबारको पहिलो खेलमा एस्टन भिल्लासँग हार व्यहोरेको छ ।
भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा सिटी २-१ ले पराजित भएको हो । पराजित भएसँगै सिटीलाई यो वर्ष उपाधि रक्षा गर्न अब निकै ठूलो संघर्षमात्र गर्नुपर्ने छैन, लिभरपुल, चेल्सी र आर्सनल जस्ता ठूला टीमहरुको नतिजामा पनि भर पर्नुपर्ने भएको छ ।
शनिबारको खेलमा भिल्लाले १६औं मिनेटमा आक्रमण गर्दै सिटीलाई १-० ले पछि पारेको थियो । जोन डुरेनले गोल गर्दै भिल्लालाई पहिलो सफलता दिलाएका थिए ।
पहिलो हाफमा १-० ले पछि परेको सिटीलाई दोस्रो झट्का खेलको दोस्रो हाफमा लाग्यो । भिल्लाको लागि मोर्गेन रोग्रेसले गोल गरेपछि २-० को अग्रता मिल्यो ।
सिटीले खेलको इन्जुरी समयमा फोडेनमार्फत गोल गरे पनि त्यो जितको लागि पर्याप्त बनेन र खेल भिल्लाले जित्यो ।
जितपछि सिटीलाई पछि पार्दै भिल्ला १७ खेलबाट २८ अङ्कको साथ पाँचौं स्थानमा उक्लँदा समान खेलबाट सिटी २७ अङ्कसहित छैटौं स्थानमा झरेको छ । सिटीभन्दा दुई खेल कम खेलेको लिभरपुल ३६ अङ्कसहित पहिलो स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एस्टन भिल्लासँग पराजित, #सिटीको ओरालो यात्रा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्