Techie IT
शुक्रबार, असार ६,२०८२

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको सामान्य लक्ष्य


काठमाडौँ, पुस १ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनायो ।

कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाउनुभयो । यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११/११ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिनुभयो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिनुभयो ।

आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ । प्लेअफमा स्थान बनाईसकेको सुदूरपश्चिम आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का छ ।

यता सुदूरपश्चिमलाई हराएर कर्णाली प्लेअफमा सजिलै स्थान बनाउने लक्ष्यमा छ । यदि कर्णालीले सुदूरपश्चिमसँग फराकिलो हार खेपेमा काठमाडौँ गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको सामान्य लक्ष्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:07 am7:03 pm +0545