विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौँ, असोज २ गते । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति ओमानसँग प्रतिस्पिर्धा गर्दैछ ।
क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५बजे खेल सुरु हुनेछ । २४ तारिखसम्म सञ्चालन हुने एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल, क्यानडा र ओमान छन् ।
नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । नेपालले क्यानडासँग पहिलो पटक हार खेपेको हो । नेपाललाई लिग–२ मा लय समाउन ओमानलाई हराउनु पर्ने चुनौती छ । यसअघिका भिडन्तमा नेपालभन्दा ओमान बलियो देखिएको छ ।
यसअघि दुई टोलीबिच ६ पटक प्रतिस्पर्धा हुँदा ओमानले चार र नेपालले दुई खेल जितेको छ । क्यानडामा नेपालले । दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।
पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ ।
नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ ।
क्यानडापछि नेपालले अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ । यस सिरिजमा आयोजम नेपाल र स्कटल्यान्ड छ ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र देव खनाल (वैकल्पिक खेलाडी) ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्