नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

काठमाडौं, १२ भदौ । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरे । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गर्नु भएको थियो ।
त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी हुसेनले गर्नु भएको थियो भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गर्नु भएको थियो ।
नेपालका लागि एक गोल समीर तामाङले ८०औं मिनेटमा गर्नु भएको हो । योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्