पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
पेरिस, साउन २४ गते । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्षस्थानमा छ । चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन् ।
दोस्रोमा चीनले २९ स्वर्ण, २५ रजत र १९ काँस्यसहित कुल ७३ पदक हात पारेको छ भने अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ काँस्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ काँस्यसहित ५४ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित कुल ५१ पदक जितेको छ ।
पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात काँस्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ काँस्यसहित ३३ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको नेदरलयान्ड्सले ११ स्वर्ण, छ रजत र आठ काँस्यसहित कुल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ काँस्यसहित कुल ३० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच काँस्यसहित कुल २२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्