सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्ने

काठमाडौं, २८ जेठ । क्रिकेटर सन्दीप लामिछानेले टी-२० विश्वकप खेल्ने भएका छन् ।
अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यसअघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।
नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यसपछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्ने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्