Techie IT
सोमबार, वैशाख २२,२०८२

टी-२० विश्वकपको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित


काठमाडौं, २३ जेठ । आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो ।

अब नेपालले आफ्नो दोस्रो खेल जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #टी-२० विश्वकपको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545