डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)

डालास, जेठ २४ गते । डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपालले प्रतिस्पर्धा गर्दा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्नेको संख्या हजारौँ थियो ।
मङ्गलबार बिहानै देखि पन्चेबाजासहित समर्थकले नेपाली टोलीलाई साथ दिएका थिए । टेक्सासको डालासमा मात्र अहिले एक लाख सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । अन्य राज्यबाट समेत नेपालको खेल हेर्न नेपालीहरु डालास आएका थिए ।
सर्मथकमध्ये आइडाहोबाट आउनुभएका गणेश सापकोटाले जहाँ भएपनि नेपालको खेलहुँदा हर्ने गरेको बताउनुभयो । ‘‘सानैदेखि नेपालको क्रिकेट हेर्दै आएको छु । अमेरिकामा आएर नेपालले विश्वकप खेल्नु ठूलो कुरा हो । तर, जितेको भए अझै खुशी लाग्थ्यो,’’ नेपालकम बाग्लुङ घर बताउने सापकोटाले भन्नुभयो ।
यस्तै डालास बस्दै आउनुभएको गुल्मीका नारायण खत्रीले ग्रान्ड पिएरे मैदानमा पहिलो पटक कीर्तिपुरकै झल्को दिएको बताउनुभयो ।
सर्मथकमध्ये आइडाहोबाट आउनुभएका गणेश सापकोटाले जहाँ भएपनि नेपालको खेलहुँदा हर्ने गरेको बताउनुभयो । ‘‘खेल ठिकै थियो । ब्याटिङ नचल्दा नोपलले हारेको हो । एक सय ५० रन जति बनाउन सकेको भए । जित्थ्यो जस्तो लाग्छ,’’ खत्रीले भन्नुभयो ।
युलेसमा बस्दै आउनुभएका काभ्रेका हरि श्रेष्ठले नेपालको खेल हेर्न अफिस छाडेर आएको प्रतिक्रिया दिनुभयो । डाटा इन्जिनियर उहाँलाई नेपालको हरेक खेल टेलिभिजनमै भएपनि नहेरी चित्त बुझ्दैन ।
डालासमै बस्ने धनकुटाका योलो विवेक खड्का काम छाडेरै भएपनि नेपालले अन्य देशमा गएर खेल्ने सबै खाले खेल हेर्दै आएको बताउनुभयो ।
‘‘काम छाड्न तयार छु, तर नेपालको खेल छाड्न सक्दिन । नेपालको बाँकी खेल हेर्न फ्लोरिडा र वेस्ट इन्डिज पनि जानेछु । अमेरिकामा विश्वकप हुँदा निकै खुशी छु । नेपालले हरेक खेल जिते हुन्थ्यो,’’खड्काले भन्नुभयो । उहाँ श्रीलंकामा भएको एसिएन कप हेर्न अमेरिकाबाट श्रीलंका पुग्नुभएको थियो ।
डालासमा लामो समयदेखि बस्दै आउनुभएका दीपेन्द्र पोखरेल पिएरे स्टेडियममा नेपालीमात्र देख्दा आफुलाई अमेरिकामा सिंगो नेपाल प्रवेश गरेको बताउनुहुन्छ ।
नेपालले अघिल्लो साता ह्युस्टनमा विश्वकपकै अभ्यास खेल खेल्दा पनि उल्लेख्य नेपाली समर्थकले साथ दिएका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्