आयरल्याण्डविरुद्ध नेपाल ‘ए’को दोस्रो खेल आज

काठमाडौं, २३ चैत । काठमाडौंमा जारी एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले आयरल्याण्ड वुल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
यसअघि बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले नेपाल ‘ए’लाई २१ रनले पराजित गर्यो । बुधबार खराब प्रर्दशन गरेको नेपाल ‘ए’लाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ । शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ ।
नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा आयरल्याण्ड पराजित भएको थियो । तर, नेपाल ‘ए’सँग तीन टी–२० सिरिज हुँदा आयरल्यान्डले २–१ ले जितेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #आयरल्याण्डविरुद्ध नेपाल ‘ए’को दोस्रो खेल आज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्