बार्सिलोना र पोर्टो अन्तिम १६ मा
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना समूहको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना बेल्जियन क्लब एन्टरवेपसँग ३–२ गोल अन्तरले पराजित हुँदा पनि शीर्ष स्थानमै रहेको हो ।
यही समूहमा रहेको पोर्टोले सख्तर डोनेस्कलाई ५–३ गोल अन्तरले पराजित गरे पनि तालिकामा बार्सिलोनलाई पछि पार्न भने सकेन । अंकतालिकामा बार्सिलोना र पोर्टो दुवैको समान १२ अंक छ ।
बुधबार राति एन्टरवेपका लागि आर्थर भरमिरेनले गोल गर्दै अग्रता दिलाएका थिए । फेरान टोरेसले ३५ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्याएको थियो । ५६ औं मिनेटमा भिनिसेन्ट जेनसनले गोल गर्दै फेरि एन्टरवेपलाई २–१ ले अघि बढाए ।
दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा बार्सिलोनाले खेल २–२ को बरबरीमा ल्याएको थियो । बार्सिलोनका लागि मार्क गुयुले गोल गरेका थिए । लगत्तै एन्टरवेपले गोल थपेपछि बार्सिलोना पराजित हुन पुग्यो । एन्टरवेपका लागि जर्जले गोल गरेका थिए । बार्सिलोनलाई पराजित गरेको एन्टरवेपको यो पहिलो जित पनि बन्यो ।
यो समूहबाट बार्सिलोना र पोर्टोले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्