Techie IT
सोमबार, वैशाख २२,२०८२

किन बन्दैन साङ्गला विहानी चोक सडक ?


तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं १ को मुख्य लाइफ लाइन रुपमा परिचित साङ्गला क्लव बिहानी चोक सडकको अवस्था अहिले कन्तबिजोक छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो खेप्न पौदलयात्री एवं स्थानियबासी हैरानी भैसकेका छन ।

सडकका बिच बिचमा भएका ब्यववारीसे मंगल , खाल्डोत त झन दुर्घटनाको धरापनै भएका छन । जसका कारण साना स्कुलका बिध्यार्थीहरुलाई त हैरानीनै भएको छ ।

यस्तौ मुख्य सडकको अवस्था बेहानहुदै जादाँ अहिले वडा नं १ मा मात्र नभई तारकेश्वर नगरपालिका भित्र प्रमुख चर्चाको बिषय बनेको छ ।

यो सडक कालोपत्रे गर्न गत आ.व मा करिव दूई करोड बजेट थियो । तर स्थानिय राजनैतिक दलका केही प्रतिनिधिहरुको अवरोध र विवादका कारण सडक कालोपत्रे हुन सकेन । क्लव बाट विहानी चोक पिपलबोट सम्म कालोपत्रे हुनुपर्ने थियो तर भएन ।

कालोपत्रेको पक्रृया सुरु हुदै अवरोध भएको थियो र हाल ६६ लाखको ढल मात्र बिछ्र्रयाउने काम भएको छ , ताकी त्यो ढलको निकास छैन भने बिहानी चोकको शिर्षकको रकमले पटापु झोर बाटो पिँच भएको हो ।

वडाको पहिलो प्राथमिकता क्लव बिहानी सडक : वडा अध्यक्ष सापकोटा

यसै सन्र्दभमा वडा नं १ का वडा अध्यक्ष विदुर सापकोटाले यस पालिको बजेटको पहिलो प्राथमिकता सो सडक हुने बताउनु भयो । वडा गत योजना अन्र्तगत पहिलो नम्बरमा सो सडक स्तरउन्नती गर्ने पहल गरिएको उनको भनाई छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #किन बन्दैन साङ्गला विहानी चोक सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:19 am6:41 pm +0545