माओवादी केन्द्रले बुझायो मेयरलाई ज्ञापन पत्र

प्रदिप ढकाल
३२ श्रावण, भक्तपुर
नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण नगर कमिटिले भक्तपुरको च्याम्हासिंह–ताथली–नाला सडकमागरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीलाई ज्ञापन पत्र बुझाएका छन्।सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदैमेयर खत्रीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।
च्याम्हासिंह–ताथली–नाला सडकअन्तर्गत फैढोकाको पाँगो खानीदेखि माथिल्लो छाप सडक खण्डका ठाउँ–ठाउँमा गरिएको कालोपत्रबिग्रन थालेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा पर्ने यो सडकखण्ड अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमासमेत व्याख्या गर्ने गरिन्छ । तर, निर्माणको एक महिनामै सडक बिग्रन थालेपछि चिन्ता लागेको स्थानीय नेता जगन्नाथ खत्रीले जनाएकाछन् । नगर अध्यक्ष नरेश खड्काको नेतृत्वमा चाँगुनारायण नगरपालिकाको कार्यालय पुगेको टोलीमा उपाध्यक्ष सुमन दाहाल,कोषाध्यक्षजगन्नाथ खत्री, वडा नं ९ अध्यक्ष हरेराम खड्का र वाइसिएल नेता दिपेश लामिछाने लगायत सहभागी रहेका युवा नेता तथा नगरउपाध्यक्ष बिनोद लामिछानेले जनाएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख खत्रीले आफुले सडक अनुगमन गारिसकेको र अब छिटो भन्दा छिटो निर्माण कम्पनी र नगरपालिकाकोप्राबिधिक टोली सहित छलफल गरी तत्काल यस समस्याको समाधान गर्ने प्रतिबद्धता दिएको एक सहभागीले जानकारी गराए।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्