काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा तार्केश्वर नगरपालिका तेश्रो स्थानमा

काठमाडौं महानगरपालिका १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । काठमाडौं १७ स्वर्ण, ३ रजत र १४ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको तार्केश्वर नगरपालिकाले ७ स्वर्ण, ११ रजत र ८ कांस्य हात पा¥यो ।
विजेतालाई काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, आयोजक समितिका अध्यक्ष गणेशलाल कक्षपति, प्रमुख विनोद उप्रेती, सानुराजा केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुको प्रतिस्पर्धा भएको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्