काठमाडौं महानगरपालिकामा १४५ शिक्षकको जागीर खुल्ला

काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसईई नतिजा सुधार गर्न २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीको माग गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न विद्यालयहरुमा अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको जनाएको छ ।
विभागले त्यसको लागि खुला विज्ञापन गरेको छ । विभागले गणित, विज्ञान,अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच÷पाँच जना माग गरेको छ । शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएको व्यक्तिले सातदिनभित्र आवेदन दिन सक्नेछन् ।
त्यस्तै विभागले शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको लागि ६०-६० जना माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव भएका व्यक्तिहरुले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्