Techie IT
सोमबार, वैशाख २२,२०८२

टोखा र साङ्गलामा भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगण नाच प्रदर्शन हुँदै , के के छन अन्य कार्यक्रम ?


टोखा काठमाडौँ । भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगण ९ङालाकेगु० नाच टोखा र साङ्गलामा प्रदर्शन हुने भएको छ ।

टोखा नगरपालिका २ वडा कार्यालय भवन परिषरमा नवदुर्गा देवगण तथा टोखाका प्रतिनिधिहरुको टोलि बीच अन्तिम छलफलसँगै नवदुर्गा देवगण नाच यही पौष ८ गतेदेखि १० गतेसम्म ऐतिहासिक साँस्कृतिक नगरी टोखाको थनेलाछीमा हुने भएको हो ।

तान्त्रिक विधिबाट शरीरमा देवशक्ति प्रतिष्ठापन भएको अनुभूति गरी नाचिने भक्तपुरको ऐतिहासिक एव‌ं साँस्कृतिक महत्त्वको नवदुर्गा देवगण ९ङालाकेगु० को नाच टोखामा प्रदर्शन हुने भएको छ ।

 

माघे संक्रान्तिको भोलिपल्ट भक्तपुर सूर्यमढीमा पहिलो प्रदर्शनसँगै सुरु हुने यो जात्रा झण्डै साढे दुई महिना भक्तपुर नगरका २१ स्थानमा देखाइन्छ। त्यसपछि भक्तपुरबाहिर काभ्रेका बनेपा, पनौती, साँखु, साँगा, श्रीखण्डपुर, काठमाडौंको टोखा र भक्तपुरकै नालालगायत स्थानमा प्रदर्शन गरिन्छ। टोखामा यःमरी पुन्हि लगतै यो नाच प्रदर्शन गरिने प्रचलन गरेको छ ।

यो नाच टोखामा २०४६ सालसम्म निरन्तर रुपमा चलि आएको थियो, पछि ०४७ साल पश्चाल बन्द रह्यो । झण्डै ३३ वर्षपछि टोखाकै प्रयासमा यो वर्ष पौष ८ गतेदेखि १० गतेसम्म नवदुर्गा देवगण नाच पुनः प्रदर्शन गरिन लागेको टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी गराउनु भयो ।

टोखामा निरन्तर रूपमा २०४६ सालसम्म चलिरहेको जात्रामा मुँ वाहाँ लिकेगु जात्रा गर्दा केही उश्रृखल युवाहरुको समुहबाट देवगण प्रति हेला होचा साथै देवगणको रूपमा नसोचि अनैतिक कृयाकलापबाट विवाद भएकोले २०४७ साल देखि जात्रा नभएको भक्तपुरका नवदुर्गा देवगण नाचका टोलि बताउँछन् ।

विगतका घटनाहरुलाई ध्यानमा राखि परम्परागत रुपमा चल्दै आईरहेको जात्रालाई निरन्तरता दिन टोखा नगरका जनप्रतिनिधिहरु, बुद्धिजीवीहरु, राजनितिक दलका प्रतिनिधिहरु साथै स्थानीय नगर बासीहरुको भेला गरी पूनः श्री नवदुर्गा देवगण जात्रा सभ्य र भव्य रूपमा सञ्चालन गर्न र विभिन्न आवश्यक बास र खानाको व्यवस्था, शान्ति सुरक्षाको व्यवस्था साथै आर्थिक सहयोग समेत व्यवस्था हुनु पर्ने विषयमा छलफल गरी हरेक वर्षमा जात्रालाई निरन्तरता दिन दिर्गकालिन रुपमा जात्रा सञ्चालनको दुवै पक्षमा सहमति हुने समझौता पत्र तयारी हुने सहमति समेत गरिएको छ ।

दुई पछीय छलफल पश्चात नाच हेर्न निम्तो दिँदै देवगण र टोखाका प्रतिनिधिहरुले टोखा नगर परिक्रमा समेत गरेका थिए ।

यस्तो छ जात्राको तालिका

जात्राको तालिका अनुसार देवगणहरु पहिलो दिन पौष ८ गते भक्तपुर नगरपालिकाबाट विहान १०स्३० बजे प्रस्थान गर्ने र ४ बजे टोखा नगरमा पुगेर जात्रा सुभारम्भ गर्ने छन् ।

दोस्रो दिन पौष ९ गते बिहान ८ बजे चार जना देवगण साङगला प्रस्थान गरी दिउँसो १ बजे साङगलामा जात्रा सम्पन्न साथै पूनः ३ बजे टोखाको थनेलाछिमा देवगण जात्रा सुरु हुने र गछि नाचः व प्याखं, मु वाहाँ जात्रा आदि रात्री नाच सम्पन्न गर्ने छन् ।

तेस्रो दिन पौष १० गते विहान १० बजे वाराही नाच, १२ बजे सिम्हा दुम्हा डालाकेगु जात्रा, २ बजे महाकाली नाच, ४ बजे श्वेत भैरव ङालाकेगु जात्रा सुभारम्भ, ६ बजे जात्रा सम्पन्न गरी चपलीग्राम प्रस्थान गर्ने छन् ।

नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ। यसमा १३ विभिन्न देवी देवता हुन्छन् । नवदुर्गा देवगणमा पित्तलको सानो मन्दिर हुन्छ जसलाई नेपाल भाषामा सिफोद्यः९महालक्ष्मीको प्रतीक० भनिन्छ। यो नाचमा देवगणले भैरव ९कालभैरव०, महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव एक–एक र, सिंह दुम्ह ९नन्दी–भृंगी० दुईसहित १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ। यस्तै मौलिक खिं, ताः र कायँः बाजा बजाउने, महापात्र र नकीं ९घरमूली०का साथै अन्य सहयोगी समेत थप हुन सक्छन्।

यो नाचमा प्रारम्भिक नाच, धान रोपाइँ नाच, बाराही नाच, माछा मार्ने जात्रा, महाकाली नाच, श्वेत भैरवको गा त्वःकेगु ९खास्टो लुट्ने० नाच, खास्टो फिर्ता लिने नाच, माछा मार्ने शिक्षा दिने नाच, श्वेतभैरवको पेट दुख्ने नाच९प्वाः स्याकिगु०, समापन नाच प्रदर्शन गरिन्छ। यी नाचहरू प्रदर्शन गर्दा गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, कृषि कर्म, वैवाहिक कर्म, पति–पत्नीले पालना गर्नुपर्ने सदाचार, नारी शक्ति, महिलाहरूको श्रृङ्गार, बालबालिकाको व्यवहार, माया प्रेम र हर्ष उल्लासका भाव प्रस्तुत गरिन्छ।

कसरी शुरू भयो नाच ?

प्राचीन कालमा भूतप्रेतको डर मानिने वेला यो नाच शुरू भएको जनविश्वास छ। सो कालमा विभिन्न महामारी र रोगव्याधिले सताएका वेला भगवान्‌लाई खुशी पार्न यो नाच नचाउन थालिएको किंवदन्ती रहेको संस्कृतिविद् धौभडेल बताउँछन्।

नवदुर्गाको नाच शुरू भएपछि रोगव्याधि कम हुने जनविश्वास छ। कुनै घरमा भूतप्रेतको डर भएमा नवदुर्गाको नाच नचाउँदा शान्ति हुने र दुःख दिने दुष्ट शक्ति नाश हुने विश्वास छ।


क्याटेगोरी : स्थानीय
ट्याग : #breaking, #टोखा र साङ्गलामा भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगण नाच


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545