टोखामा प्रभावकारी बन्दै ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’

टोखा नगरपालिकामा ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’ शुभारम्भ गरिएको छ ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले ६० वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने उद्देश्यसाथ आजदेखि सो कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासी सम्पूर्ण ज्येष्ठ नागरिकले स्वास्थ्य भई बाँच्नका लागि ‘मेयर दीर्घायू स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरु गरिएको जानकारी दिएका छन ।
“वि.सं. २०७४ मा हामी निर्वाचित भएर आएदेखि नै ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण सुरुवात गरेका थियौँ, उक्त कार्यक्रमलाई गत वर्षदेखि परिमार्जन एवं परिस्कृत गरेर ‘मेयर दीर्घायू स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरुवात गरेका हौँ”, नगरप्रमुख अधिकारीले भने ।
उनले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले रेडक्रसबाट निःशुल्क रगत व्यवस्था, उपमेयरसँग बालबालिका कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका बालबालिकालाई निःशुल्क स्वास्थ्यपरीक्षणको व्यवस्था मिलाइएको बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्