Techie IT
सोमबार, वैशाख २२,२०८२

बुस्टर पम्प राखी टोखामा खानेपानी संचालन गर्ने मेलम्चीलाई मेयर अधिकारीको आग्रह ,भण्डारे मुहानको काम अगाडी बढाउन दवाव


टोखा काठमाडौं । टोखा नगरबासीलाई खानेपानीको समस्या समाधान गर्न केहि समय अगाडी मेयर प्रकाश अधिकारीको बिशेष पहलमा मेलम्ची खानेपानी आयोजनासंग समन्वयन गरी टोखाको गोगंबु र धापासीमा पाइप राख्ने काम सम्पन्न भैसकेको छ भने नेपाल टेलिकम र बिधुत तार अण्डरग्राउन्डको काम धमाधम भैराखेको छ । खडेरी बढेसंगै टोखामा खानेपानीको समस्या समाधान गर्ने टोखा नगरपालिकाले बिभिन्न निकायहरुसंगको समन्वन गरि चाडो भन्दा चाडो काम सम्पन्न गराउन दवाव दिइरहेको छ ।

सोही क्रममा आइतबार मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरुसंग बृहत छलफल भएको छ । नगर प्रमुख प्रकाश अधिकारीको कार्यकक्षमा भएको सो बैठकमा मेयर अधिकारीले बुस्टर पम्प राखी तत्कालका लागी खानेपानी समस्या सामाधान गर्ने आग्रह गर्नुभएको छ ।

महाराजगंज र टोखा नजीकै भएको कारण मेलम्चीको पानी सीधै टोखामा नआउने र बुस्टर पम्म मार्फत पानी बितरण गर्ने गृहकार्य अगाडी बढाइएको प्रमुख प्रशासकीय अधिकृत शंकर राज पाठकले बताउनु भयो । सो कार्य गर्नका लागी नगरपालीकाबाट हुने आवश्यक साझेदारीका लागी तयार भएको प्रमुख प्रशासकीय अधिकृतको भनाई छ ।

झोरमा १२ करोडको खानेपानी योजना अगाडी बढाउन पहल

यसैबिच टोखामा खानेपानीको समस्या समाधान गर्ने आइतबारनै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ,  उपमेयर मुरारी तामाङ्ग , प्रमुख प्रशासकीय अधिकृत शंकर राज पाठक सहितका टोली ललितपुर स्थीत खानेपानी ब्यवस्थापन बोर्डको कार्यालयमा पुकेको छ ।

वडा नं १ मा अवस्थीत झोरको भण्डारेमा उपत्यका खानेपानी लिमिटेडसंगको सहकार्यमा दैनिक ४५ लाख लिटर पानि जम्मा हुने गरि खानेपानी योजना अन्र्तगत डिपिआरको काम अन्तीम रुपमा रहेको र यथासिघ्र प्रतिवेदन र्साजनीक गरी खानेपानी योजनालाई अगाडी बढाउन गृहकार्य गरिएको छ ।
१२ करोड लगानीमा निमार्णहुन लागेको सो योजनाले टोखा नगरपालिकाको खानेपानी समस्यालाई हल गर्नेछ भने मेलम्चीको पानीले टोखाको गंगोबु र धापासीमा सहज हुनेछ ।

वडा नं १ मा अवस्थीत झोरको भण्डारेमा उपत्यका खानेपानी लिमिटेडसंगको सहकार्यमा दैनिक ४५ लाख लिटर पानि जम्मा हुने गरि खानेपानी योजनाको काम भैराखेको छ । १२ करोड लगानीमा निमार्णहुन लागेको सो योजनाले टोखा नगरपालिकाको खानेपानी समस्यालाई केहीहद सम्म हल गर्नेछ भने मेलम्चीको पानी पनि टोखाको गंगोबु र धापासीमा पाइप बिछ्याउने कार्य सम्पन्न भैसकेको छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #टोखामा खानेपानी संचालन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545