आरुघाट, लार्के सडकको खोर्लाबेसी–तातोपानी खण्डमा सुख्खा पहिरो, आवतजावत ठप्प

गोरखा । मंगलबार राती झरेको सुख्खा पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको छ । धार्चे ३ खोर्लाबेसी र तातोपानीको बीच लुस्य्राङ खोलामा झरेको पहिरोले बाटो अबरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
बाटो अबरुद्ध हुँदा धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका बासिन्दा तथा पर्यटक आवतजावत गर्न कठिनाइ भएको छ । साथै उत्तरी गोरखाका लागि खाद्यान्न लगायतका सामान ढुवानी गर्न जीप तथा खच्चड समेत रोकिएको छ ।
‘हिँजो बेलुका र राती दुईपटकसम्म सुख्खा पहिरो झरेको रहेछ’, उनले भने, ‘नेपाली सेनाले सडक निर्माण गर्ने क्रममा बम बिस्फोट गरेर पहरा फुटाउँदा अड्केका ढुंगाहरु सडकमा झरेका छन् । सडक पनि तल भासिएको छ । तलबाट पनि पर्खाल लगाउनु पर्ने भएको छ, माथि पनि थप बिस्फोट गरेर खोल्नु पर्ने भएको छ ।’ अबरुद्ध बाटो तत्काल खुलाउन नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टसित छलफल भएको उनले बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##गोरखा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्