नेकपा एसबाट बुढानिलकण्ठको उपमेयरमा उम्मेदवार बन्लान् त धुर्वराज न्यौपाने ?

काठमाडौं । यही बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनको लागि विभिन्न राजनीतिक दलबाट सम्भावित दावेदार चर्चा चलेको छ ।
सोही निर्वाचनलाई लक्षीत गरि बुढानिलकण्ठ नगरपालिकामा पनि पाँच दलीय गठबन्धनका लागि विभिन्न चरणमा भइरहेको छलफल र विभिन्न विकल्पबारे बहस चलेको छ ।
पछिल्लो चरणमा भएको छलफलमा नेकपा एकीकृत समाजवादी पार्टीले बुढानिलकण्ठ र कागेश्वरी मनोहरासहित चार नगरपालिकामा प्रमुख दाबी गरे पनि बुढानिलकण्ठमा उपमेयर पाउने सम्भावना बढेपछि सम्भावित उम्मेदवारका वारेमा पनि चर्चा सुरु भएको हो ।
बुढानिलकण्ठ नगरपालिकामा नेकपा एसले उपमेयर पाउने सम्भावना बढेपछि सो पदमा नेकपा एसका काठमाडौं जिल्ला कमिटी उपसचिव एवं काठमाडौं क्षेत्र नम्बर ४ का अध्यक्ष धुर्वराज न्यौपानेलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।
हाल नेकपा एस मात्र नभई पाँच दलीय गठबन्धन दलहरुमा समेत न्यौपानेको सम्भावित उम्मेदवारीबारे छलफल भइरहेको गठबन्धनका एक नेताले बताए ।
साविक कपन गाविसमा तत्कालिन नेकपा एमालेको तर्फबाट तीन कार्यकाल प्रमुखका रुपमा नेतृत्व गरेका न्यौपाने जिल्ला खेलकुद विकास समिति काठमाडौंका पूर्वअध्यक्ष पनि हुन् । नेपाल कुराँस संघका केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने तत्कालिन नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ को सचिवमा निर्वाचित भएका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बुढानिलकण्ठको उपमेयर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्