कौशी खेती तालिममा पुरुषको सहभागिता नहुनु दुःखद कुरा हो : लिला देबी अधिकारी

सीता पौडेल
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको वडा नम्बर १० की वडा सदस्य लिला देबी अधिकारीलेको वडामा सञ्चालन भइरहेको ‘एक घर एक कौसी खेती’ तालिममा पुरुषको सहभागिता नरहनु दुखद भएको बताएकी छन् ।
वडाले ०७७ र ०७८को स्वीकृत बजेट र कार्यक्रम अनुसार ४ दिने कौसी खेती तालिम र समाग्री वितरणा कार्यक्रम सञ्चालन गरिरहेको छ । तालिमका लागि महिला वा पुरुष जो कोही पनि सहभागि हुन सक्ने गरि वडाले निवेदन आहृवान गरेको थियो । वडाले एक दिनमा ३० जना सहभागीलाई तालिम दिने नियम राखेको भएता पनि निर्धारित संख्या भन्दा बढीलाई समेटेर तालिम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
सदस्य अधिकारीका अनुसार पहिलो दिनको तालिममा ३० जनामध्ये एक जना पुरुषमात्र सहभागी भएको र त्यसपछि तालिमको तेस्रो दिनसम्म पनि पुरुषहरुको सहभागीता रहेको छैन। उनले भनिन , ‘तरकारी लाउने , पानीको जोहो गर्ने , खेती गर्ने जस्ता विषय महिलाका मात्र आवश्यक्ताका विषय हुन भन्ने गलत सोचका कारण पनि यस्ता तालिममा पुरुषको सहभागिता नगन्य वा न्युन भएको होला ।’
पहिलो चरणमा १२० देखि १५० जनालाई लक्षित गरेर ५ लाख बराबरको लागतमा तालिमा सञ्चालन गरिएको र निकट भविश्यमै अर्काे ५ लाख बराबरको बजेटबाट दोस्रो चरणको तालिम सञ्चालन गरि करिब ३०० जना स्थानियलाई लाभान्वित गराउने वडाले लक्ष्य लिएको वडा अध्यक्ष मधु सुधन पाण्डेले बताए ।
वडाबासीलाई आत्मनिर्भर बनाई उनिहरुको जीवनयापनमा सहजता प्रदान गदै वडाबासीका विधिन्न समस्या सहज रुपमा समाधान गदै आएको १० नम्बर वडाले आफ्नै घरको कौशीमा विषादिरहित ताजा तरकारी फलाई स्वस्थ नगरबासी बनाउने उद्देश्यले कौसी खेतीको तालिम आयोजना गरेको अध्यक्ष पाण्डेको भनाइ छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##HOT#लिला देबी अधिकारी, ##टोखा १०
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्