टोखा–९मा ‘आधारभूत स्वास्थ्य केन्द्र’को स्थापना

काडमाडौं । टोखा नगरपालिका–९ गोँगबुस्थित जागरण टोलमा ‘आधारभूत स्वास्थ्य केन्द्र’को स्थापना गरिएको छ । टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त स्वास्थ्य केन्द्रको बुधबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिए । नगरपालिकाले चाँडै नै प्रदेश अस्पतालसमेत सञ्चालनमा ल्याउने उनको भनाइ छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले नगरपालिकाका प्रत्येक वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीति अनुसार टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए । आगामी दिनमा टोखा नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने नगरपालिका बताएको छ ।
टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएसँगै गोँगबु नयाँ बसपार्क क्षेत्रका ५० हजार जनता प्राथमिक स्वास्थ्य सेवाबाट लाभान्वित हुने टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालको भनाई छ । बुधबारदेखि सञ्चालनमा आएको यस आधारभूत स्वास्थ्य केन्द्रमा सुगर, ब्लड प्रेसर जाँच, बच्चालाई खोप, महिलालाई प्रसूतिसम्बन्धी जाँच गरिने अध्यक्ष नेपालले बताए । हाल यस केन्द्रमा अहेवसहित तीन कर्मचारी कार्यरत छन् । टोखा–२ मा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालकारूपमा सञ्चालन गर्नका लागि वाग्मती प्रदेश समेतले स्वीकृति दिइसकेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ## टोखा–९, ##आधारभूत स्वास्थ्य केन्द्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्